१२ भदौ, काठमाण्डौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागु गर्ने बताएका छन् । काठमाण्डौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहिले बनिसकेको भवन आचारसंहिता किन लागु भएन भनेर बुझ्ने भन्दै यसमा केही कमजोरी भए तीन दिन भित्र सच्याएर भएपनि यसको कार्यान्वयन गर्ने काम अघि बढाउने उल्लेख गरे ।
मन्त्री केसीले व्यवस्थित् बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिए । सुधार गर्नुपर्ने भए तीन दिन भित्र पेश गर्न निर्देशन दिने नभए आचार संहिता कडाईका साथ लागु गर्ने दावी गरे ।
ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाईनेगरि आफूले काम गर्ने मन्त्री केसीको भनाई छ । केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलियत नपाएको उल्लेख गर्दै नगर र सहरवीच कनेक्टीभिटी गर्ने समेत बताए ।











