११ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीलगायतका विशिष्ट व्यक्तिलाई तीजको पार्टी दिएकी छिन् । शनिबार राष्ट्रपति भवन शितल निवासमै भण्डारीले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेता लगायतलाई तीज र तराई प्रसिद्ध जितिया पर्वको समेत भोज खुवाएकी हुन् । भोजमा पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु तथा कलाकारहरु समेत सहभागी थिए ।
भोज कार्यक्रममा नाच्ने गाउनेमा नेपाल सांस्कृतिक संस्थानका कलाकार र सैनिक श्रीमती संघका पदाधिकारी थिए । त्यस्तै नेपाल निजामती कर्मचारी सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धितसांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको बताइन् ।
उनले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गरको भन्दै संविधानले मार्गदर्शन गरेका सामाजिक आर्थिक रुपान्तरणमार्फत समतामूलक, न्यायपूर्ण, सुखी, सम्पन्न र शान्त नेपाली समाज स्थापना गर्नेमा सबै पक्ष कटिबद्ध हुन आग्रह गरिन् ।













