११ भदौ, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई निर्देशन दिएकी छन् ।
आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न निर्देशन दिएकी हुन्।
आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार कठमाडौमा आयोजना गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल विषयक अन्तक्रिर्यामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले पुर्ण साथ दिने समेत बताइन् ।
एउटा जिम्मेवार निकायमा बसेको व्यत्तिले यस्तो अधिकार प्राप्तीको विषयलाइ लिएर आन्दोलन गर्न उक्साउनु कानुन सम्वत नभएको अधिकांसको ठहर छ । सभामुख घर्तीले यस्तो निर्देशन दिएसंगै उनको विरोधमा सामाजीक संजालहरुका वाल गालिले उनको क्षमतालाको मुल्याङ्कन गर्दै भरिएका छन् ।
सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताइन् ।











