११ भदौ, काठमाण्डौं । कांग्रेस नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन हुन नसके मुलुक असफल हुने बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयनका लागि सबै दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए । उनले परिवर्तनका लागि एक ठाउँमा उभिएका दलहरू अब संविधान कार्यान्वयनका लागि उतिकै जिम्मेवारी पूर्वक लाग्नुपर्ने धारणा समेत राखे । प्रमुखदलहरु मिल्न नसके प्राप्त सबै उपलब्धि गुम्न सक्ने भएकाले जिम्मेवार भएर प्रस्तुत हुन समेत अपिल गरे ।











