१० भदौ, काठमाडौं । आफ्नो दलका तर्फबाट सरकारमा नयाँ मन्त्री पठाएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा निस्किएका छन् । देउवा स्वास्थ्य उपचारका लागि शुक्रबार सिङ्गापुर भ्रमणमा निस्किएका हुन् ।
सभापति देउवा नियमित उपचारको सिलसिलामा पत्नी आरजु देउवाका साथ शुक्रबार दिउँसो सिङ्गापुर प्रस्थान गरेका हुन् ।
पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर देउवा सिंगापुर गएको उनका सहयोगीहरुले जानकारी दिएका छन् । देउवा एक हप्तापछि यही भदौ १६ गते स्वदेश फर्कने छन् । रोगले मरणासन्न अवस्थामा पुगे पनि विदेशमा उपचारका लागि आफ्नै दलका महामन्त्री सशांक कोइरालाले सिकाएको नैतिक पाठले देउवालाई अलिकति पनि छुन नसकेको उनको यो भ्रमणले प्रष्त पारेको छ । विपी पुत्र सशांक गम्भीर विरामी पर्दा समेत स्वदेशमै उपचार गराएका थिए । देउवा पत्नी आरजूले केही समय पहिले भारतमा हिपको उपचार गराएर फर्किएकी थिइन् ।












