१० भदौ, मनाङ । नेपालका लागि भारतीय राजदूत रणजीत रे चीनको गतिविधिबारे जासुसी गर्न चिनसँग सिमाना जोडिएको मनाङ पुगेका छन् । हिमाल पारिको जिल्ला मनाङमा पाँच दिनसम्म बसेर रेले चिनको गतिविधिको जासुसी गरी त्यसको रिपोर्ट भारतलाई बुझाउने छन् । रे हेलिकोप्टरमार्फत शुक्रबार विहान माथिल्लो मुस्ताङ पुगेका हुन् ।
हिमालपारिको जिल्ला मनाङको सांस्कृतिक सम्बन्ध चिनसँग रहेको छ । मधेसी समुदायले भारतसँग रोटीबेटीको सम्बन्ध रहेको भनेजस्तै मनाङको सम्बन्ध पनि चिनसँग रहँदै आएको छ । उदाउँदो शक्ति राष्ट्र चिनको गतिविधिबारे जासुसीका लागि भारतले मनाङमा गुम्बा बनाउने लगायतका कार्य समेत गरेको छ । भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका लागि भन्दै राजदूत रे मनाङ पुगेका हुन् । भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको समेत अवलोकन गर्नेछन् ।
तर एउटा गुम्बाको निरीक्षण गर्न उनलाई पाँच दिन लाग्ने कुरा भने अनौठो छ । गुम्बा निरीक्षणका नाममा उनले चिनको जासुसी गर्ने गरी टोली समेत लिएर गएका छन् ।
मनाङमा रहँदा राजदूत रेले ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्णको समेत अवलोकन गर्नेछन् ।
चिनको जासुसीका लागि अमेरिकाले भने मुस्ताङलाई प्रयोग गर्दै आएको छ । नेपाली सेनाकै सहयोगमा अमेरिकी सेनाले मुस्ताङमा अभ्यास तालिमसमेत गरिसकेको छ ।












