९ भदौ, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान संशोधनको विषय आफुहरुले एजेण्डाका रुपमा नलिएको स्पष्ट पारेका छन् ।
लामो समयपछि स्वास्थ्य उपचारका लागि बिहीबार थाइल्यान्डको राजधानी बैंकक उड्नु अघि अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले संविधान कार्यन्वयन गर्ने बेला भएको तर संविधान संशोधन गर्ने समय नभएको स्पष्ट पारे । प्रचण्ड नेतृत्वोमा सरकार गठन भएसंगै कांग्रेस र माओवादीले संविधान संशोधन गर्ने तयारी गरिरहेका बेला संविधान सभाको दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्षको यस्तो भनाइ आएको हो ।
संविधान परिवर्तनीय दस्तावेज भए पनि अहिले संविधान कार्यान्वयन गर्ने बेला भएकाले संशोधनमा नलाग्न उनले नेताहरुलाई आग्रह गरे । भन्नेबित्तिकै जहिले पनि संविधान संशोधन नै गरिरहनुपर्छ भन्ने नभएको ओलीको तर्क छ । संविधान संशोधनको कुरा आफुहरुलाई अहिले सम्म जानकारीमा नआएको र संविधान संशोधनको विषय आफुहरुले आफ्नो विषय पनि नबनाएको अध्यक्ष ओलीको भनाइ छ ।
थाइल्यान्डको राजधानी बैंककस्थित बुम्रुनग्र्याड इन्टरनेसनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गरेर ओली सेप्टेम्बर ५ मा स्वदेश फर्कीने छन् ।











