९ भदौ, गोरखा । आफ्नो रितीरिवाज र परम्परा भूल्दै गएको समकालिन नेपाली समाजमा छोरीले बाबु आमाको किरिया गरेको घटना कहिकतै भएपनी नातिनीले हजुरआमाको किरिया गरेको घटना साएद बिरलै होला । तर नेपाल विद्यार्थी संघकी नेत्री सुनिता सापकोटा यतीबेला आफ्नी हजुरआमाको किरिया गर्दै छिन ।
पाटन क्याम्पसकी नेत्री सापकोटाकी हजुरआमा नन्दकूमारी सापकोटाको ९१ बर्षको उमेरमा निधन भएको हो । गोरखा पालुंटारकी नेत्री सापकोटाले आफ्नी हजुरआमाको अन्तिम ईच्छा बमोजिम नै आफू उहाँको काममा बसेको बताईन । उनले भनीन “मेरी हजुरआमाले जहिल्य पनी मलाई दागबत्ती दिने र मेरो किरिया तिमीले नै गर्नूपर्छ भन्नुहुन्थ्यो, त्यसैले उहाँकै ईच्छा पुरा गर्न मैले किरिया गरेकी हुँ ।” मर्सयांदी नदीमा अन्त्यष्टी गरिएको नन्दकुमारीको पार्थिव शरिरलाई सुनिताले नै दागबत्ती दिइन ।
यसरी हजुरआमाको किरियामा नातिनी नै बसेको नेपालको सन्दर्भमा सायद पहिलो घटना भएको मृतककी नातिनी सुनिताले बताइन ।











