९ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको छ । यससँगै अब कांग्रेसले मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ ।
पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन तयार भएका छन् । बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए । कांग्रेसका एक नेताका अनुसार पौडेललाई ‘पाँच मन्त्रालय दिने विषयमा दुई पक्षविच सहमति भएको छ ।
यस अघि पटक पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो ।
नेताहरुले आजै सबै टुंग्याउने भनेकाले आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना देखिएको छ ।











