९ भदौ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।
अपराह्न १ बजे पछि थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित ओली बैंकक जाने भएका हुन् । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।











