३२ साउन, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको वर्दघाट ४ दाउन्नेमा मंगलबार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित र ३ जना नवलपरासीका स्थानीय वासिन्दा रहेका छन् ।
दुर्घटना परी १० जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज १३१७ नम्बरको भोल्का जिप सडकको बायाँतर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा नवलपरासी शुक्रैली ८ बस्ने २८ वर्षीय जिप चालक सुधाखर पाण्डे, नवलपरासी सरावल बस्ने २५ वर्षीय चनमति थारु, सोही ठाउँ बस्ने २० वर्षीय चेतकुमारी थारु र भारतको उत्तर प्रदेश, महराजगंज धरमपुरका २७ वर्षीय चिन्तु सहानी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना परी तिन जनाको घटनास्थलमै एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामाघाईतेहरुको स्थानिय दाउन्नेदेवी पोलिक्लिनीक बर्दघाट र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।














