२८ साउन, काठमाडौं । हजारौं पशुहरुको वलि चढाउने गरिएको गढीमाइमा अब पशुवलि दिन नपाइने भएको छ । वारा जिल्लमा अवस्थित गढीमाईको मन्दिरमा भाकल पूरा भएपछि नेपाल तथा भारतबाट हजारौं वलि चढाउने गरिएको छ । सर्वोच्च अदालतले गढीमाईलगायत अन्य शक्तिपीठमा पशुवलि चढाउन रोक लगाउने फैसला गरेको हो ।
स्वतन्त्र जीवन यापन गर्ने नैसर्विक अधिकार मानव मात्रको नभई सबै प्राणीमा समेत रहेको भनी वलि प्रथा रोक्न माग गर्दै भन्दै अधिवक्ता अर्जुनप्रसाद अर्यालले दायर गरेको रिटमा सर्वोच्च अदालतले हालै रिटको पक्षमा फैसला गरेको हो । २०७१ मंसिर ४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई सर्वाेच्च अदालतमा अर्यालले दायर गरेको रिटमा सुनुवाई गरी २०७३ श्रावण २० गते फैसला भएको हो । ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले वलिप्रथा विरूद्धको रिट सदर गरी नेपाल सरकारलाई निर्देशनात्मक आदेश समेत जारी गरेको हो ।
सर्वोच्चले गरेको यो फैसलालाई वलिविरोधी संघसंस्था तथा पशुअधिकारकर्मीले स्वागत गरेका छन् । यसैको समर्थनमा श्रीकृष्ण प्रणामी युवा परिषद् लगायतका अहिंसावादी संस्थाहरुले शनिबार विहान काठमाडौंमा निकालेका छन् । ।











