२८ साउन, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सहमतिका आधारमा सीमांकन हेरफेर गर्ने भनी गरेको सम्झौताको आलोचना गरेका छन् । राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले कांग्रेस र माओवादी केन्द्रले गरेको सम्झौता अवसरवादी चरित्रको भएको आरोप लगाए । उनले प्रदेशको सीमांकनको विषयमा विवाद् रहेको अवस्थामा स्थानीय तहको पुनर्संरचनाको काम अगाडि बढाउनुको औचित्य नरहेको बताए । प्रदेशको सीमांकनको विषय टुंग्याएर मात्र आयोगलाई काम लगाउनुपर्ने र आयोगको अहिलेको कार्यदेश पनि सच्याइनुपर्ने भट्टराईको धारणा थियो ।
तीन तहको निर्वाचन गर्नुपर्ने अवधि जम्मा डेढ वर्ष मात्र रहेको अवस्थामा संविधान संशोधनका लागि छलफल चलाउन ढिला भइसकेको बताए ।
राजनीतिक अस्थिरता अन्त्यका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था चाहिने भन्दै भट्टराईले यसका लागि संविधान संशोधनका लागि तयार हुन प्रमुख दलहरुसँग आग्रह गरे ।












