२७ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणालाई तल्लोस्तरको गालीगलौज गरेको जवाफ राणाले विहीवार फर्काएका छन् । विहीबार पत्रकार सम्मेलन गरेरै राणाले थापालाई धारे हात लगाएर गाली नगर्न आग्रह गरे ।
थापाले दुई दिनपहिले पत्रकार सम्मेलन गरेर एकता भाँडेको भन्दै राणामाथि आरोप लगाएका थिए । त्यसैको जवाफ दिंदै राणाले पत्रकार सम्मेलनमा भने आफूहरु पार्टी एकताका नाममा निरीह भएर राप्रपा नेपालसँग शरण माग्ने पक्षमा हामी छैनौँ
राप्रपाले पार्टी एकताका लागि ढोका बन्द नगर्ने तर त्यसका नाममा स्वाभिमान र आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग एकता नगर्ने राणाले बताए । एकता प्रक्रियामा रहेको पार्टीका अध्यक्षले तल्लो स्तरको गालीगलौजको भाषा प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । कार्यकर्ताले दुई पार्टीबीच एकता चाहेको भन्दै राणाले धारे हात लगाएर गाली नगर्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आग्रह गरे ।
राप्रपा नेपालले साउन २५ गते पत्रकार सम्मेलन गरी राप्रपामाथि सत्ता स्वार्थमा लागेको आरोप लगाउँदै एकताको अध्याय समाप्त भएको बताएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राणामाथि सरकारमा मन्त्री पठाएर राजनीतिक बेइमानी गरेको आरोप समेत थिए ।
राप्रपाका अध्यक्ष राणाले भने प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा भोट हालेको पार्टीले सरकारमा मन्त्री पठाउनु कुनै आश्चर्यको विषय जवाफ बताए ।












