२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ। बिहीबारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।
प्राधिकरणले हप्तामा अहिले भइरहेको ६३ घण्टाको लोडसेडिङको समयलाई घटाएर हप्तामा साढे ४८ घण्टा मात्र लोडसेडिङ हुने जनाएको छ। नयाँ तालिकाअनुसार एक दिन ६ घण्टा, ३ दिन साढे ६ घण्टा, २ दिन ८ घण्टा र १ दिन ७ घण्टा लोडसेडिङ हुनेछ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गरी यसको जानकारी दिएको हो। प्राधिकरणले परिस्थिति अनुकूल भएमा लोडसेडिङ थपघट गर्न सकिने बताएको छ।













