संसदमा प्रधानमन्त्रीका लागि मतदान भैरहँदा नै प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डलाई सांसदहरुले नै बधाइ दिएका छन् । मत हाल्न उठेका सांसदहरुले प्रचण्डलाई बधाइ दिन लाइन लागेका थिए । कांग्रेस तथा एमाले र साना दलका सांसदले नै प्रचण्डलाई पहिले नै बधाइ दिएका हुन् ।
बधाइ थापेर हात मिलाउने समेत समय नपाएका प्रचण्डलाई राप्रपाका नेता सुनिल थापाले आफ्नै फोनबाट फोन लगाएर प्रचण्डलाई कुरा गर्न दिए । आखिर कोसँग कुरा गरे त प्रचण्डले ? कुनै शक्ति केन्द्रसँग फोन लगाएर थापाले प्रचण्डसँग कुरा गराएको बुझिएको छ । भारतसँग समेत निकट रहेको दावी गर्ने थापाले आफूलाई पहिलो चरणमै मन्त्री बनाउन दवाव दिएको बुझिएको छ ।












