१९ साउन, काठमाडौं ।कांग्रेस माओवादीले राप्रपा नेपाललाई सरकारमा लैजाने मन नगरेपछि सो दलले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको कार्य सम्पादन समिति र संसदीय दलको संयक्त बैठकले प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । हिजोको बैठकमा प्रचण्डलाई मत हाल्ने या नहाल्ने भन्नेमा विवाद भएपछि आज बसेको बैठकले यसको टुंगो लगाएको हो ।
रातभरमा पनि कांग्रेस र माओवादीको मन नपग्लिएपछि पार्टी अध्यक्ष कमल थापाले प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गराएको राप्रपा नेपालकै एक नेताले जानकारी दिए ।












