९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ । अहिलेसम्मको गणितीय समीकरणका आधारमा प्रधानमन्त्री केपी ओली पदमुक्त हुँदैछन् ।
प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा दर्ता गरेको प्रस्ताव आइतबार नै निर्णयार्थ पेश हुने छ ।
व्यवस्थापिका संसदमा अहिले ५९७ सांसद रहेका छन्। संसदमा बहुमत पुग्नका लागि २९९ सांसद आवश्यक पर्छ। अविश्वास प्रस्तावको समर्थनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम लगायतका मधेसी दल र केही साना दलका गरी ३५० भन्दा बढी सांसद सरकारको विपक्षमा छन् । उनीहरुले ओलीविरुद्धको प्रस्तावमा मतदान गर्ने वित्तिकै उनी पदमुक्त हुनेछन् ।
संसदमा सरकारको पक्ष र विपक्षमामा रहेको समीकरण यस्तो छ :
सरकारको पक्षमा
एमाले १८२
राप्रपा नेपाल २५
नेकपा माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
नेपाल परिवार दल २
मधेस समता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
बहुजन शक्ति पार्टी १
र, अखण्ड नेपाल पार्टी १
सरकारको विपक्षमा
कांग्रेस २०७
माओवादी ८२
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४,
राप्रपा १२
संघीय समाजवादी फोरम नेपाल १५
तमलोपा ११
सद्भावना पार्टी ५
तराई मधेस सद्भावना पार्टी ३
राष्ट्रिय मधेस समाजवादी पार्टी ३
नेकपा संयुक्त ३
थरुहट तराई पार्टी २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
खम्बुवान राष्ट्रिय पार्टी १
नेपाली जनता दल १
फोरम गणतान्त्रिक १
संघीय सद्भावना पार्टी १
जनजागरण पार्टी १
नेपाल सद्भावना पार्टी १
दलित जनजाति पार्टी १
मधेसी जनअधिकार फोरम गणतान्त्रिक १
स्वतन्त्र १












