९ साउन, काठमाडौं । एमाले नेता झलनाथ खनालले आफ्नो दलका अध्यक्ष केपी ओलीप्रतिको असन्तुष्टी संसदमै व्यक्त गरेका छन् । शनिबार अविश्वास प्रस्तावमाथि धारणा राख्दै खनालले नयाँ सरकार गठनमा कुनै समस्या नरहेको भन्दै ओलीविरुद्धको असन्तुष्टी पोखेका हुन् ।
प्रधानमन्त्री केपी ओली र ओली पक्षधर एमाले नेताहरुले संविधानमा नयाँ सरकार गठनको प्रावधान नभएको बताइरहेका बेला एखनालले भने स्वभाविक रुपमा नयाँ सरकार बन्ने बताएका हुन् ।
‘अविश्वासको प्रस्ताव पारित भएपछि स्वभाविक रुपमा नयाँ सरकार बन्छु खनालले भने, ुम नयाँ सरकार गठनमा कुनै अप्ठ्यारो देख्दिन । नयाँ सरकार गठन हुन्छ ।’
उनले नयाँ बन्ने सरकारमा एमालेलाई सामेल गराउन कांग्रेस र माओवादीलाई आग्रह गरे । राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि छलफल गरौुं उनले भने, ‘होइन, एमाले प्रतिपक्षमै बस्नु पर्छ भन्ने हो भने तपाईहरुको जय होस्, म यति भन्न सक्छु ।’
सरकार परिवर्तन स्वभाविक प्रक्रिया भएको बताउँदै खनालले एमालेले पनि यो अविश्वासको प्रस्तावलाई एउटा स्वभाविक प्रक्रियाको रुपमा लिएर अगाडि बढ्ने बताए ।












