९ साउन, काठमाडौं । नयाँ संविधानले व्यवस्था गरेको व्यवस्थापिका संसदमा बोल्द संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अझै पनि आफूहरुले संविधान स्वीकार नगरेको बताएका छन् । आइतबार अविश्वासको प्रस्तावमाथि धारणा राख्दै मधेसी मोर्चाका सांसद संसद भवनमा आए भन्दैमा संविधान स्वीकार गरेको भ्रम नपाल्न सरकार पक्षलाई आग्रह गरे ।
शुक्रबार एमाले नेता सुवास नेम्वाङले मधेसी नेता संसद आएर संविधान स्विकार गरेको भन्ने भनाइप्रति यादवले आपत्ति जनाएका थिए।
यसैगरी यादवले मधेसी जनताले आफ्ना माग सरकारलाई सुनाउन नेपाल भारतको सीमा १० गजामा आन्दोलन गरेको बताए । उनले नाकाबन्दी सरकारले खोलेको नभइ मधेसी जनताले नै खुल्ला गरेको बताए ।
ओलीलाई सुरुमै प्रधानमन्त्री हुन नदिनका लागि आन्दोलन छाडेरै भोट हाल्न आएका यादव ओलीलाई नै ढाल्ने समय आएपछि संसदमा सहभागी भएका हुन् । तर उनले ओली सरकार प्रधानमन्त्री ओलीकै पार्टीका नेता तथा सहयात्रीले नै जहाज डुबाउन लागेको बताए ।
उनले भने, ुएउटा मुसाले जहाज प्वाल पार्छ । प्वाल पारेपछि अर्को जहाजमा हामफाल्छ । चुहा भनेको यस्तै हुन्छ । अब बन्ने सरकार पनि चुहाबाट सतर्क हुनुपर्छ ।ु












