८ साउन, काठमाडौं । प्रधानमन्त्री ओलीको एकलौटी प्रवृत्तिका विरुद्ध संसदमा एमाले नेताहरु नै आलोचनामा उत्रिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई कडा प्रहार गरेको भोलिपल्ट शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले समेत ओलीको कडा आलोचना गरे । ओलीको कार्यशैली र सरकार संचालनप्रति नेता नेपालले खुलेरै विरोध गरेका हुन् ।
उखान टुक्का र उडन्ते सपनाका कुरा गरेका ओलीका कारण एमालेकै बद्नाम भएको भन्दै नेता नेपालले ओली नेतृत्वको सरकार संस्थागत रुपमा नभई गुटबाट सञ्चालन भएको गुनासो गरे ।
अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको वेला ओली पार्टीभित्र पनि एक्लै हिँड्न खोजेको नेता नेपालले बताए ।
पार्टीभित्र गुटका कारण नेपाली राजनीतिमा समस्या आएको भन्दै अब पुराना कुरा विर्सेर नयाँ किसिमले जानुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।












