७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले शनिबारबाट तीन दिन समय तोकेकी छन् ।
शुक्रबारको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखेका छन् ।
संसद बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । शनिबारको बैठकमा पनि अविश्वासको प्रस्तावमा छलफल जारी रहने छ ।












