५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानमा अनिवार्य रुपमा भाग लिन आफ्ना सासंदहरुलाई ह्वीप जारी गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीले नै सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कारण अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको हो । बैठकले अविश्वासको प्रस्तावको पक्षमा भाग लिइ यसको पक्षमा मतदान गर्नका लागी अन्य दलका सासंसदहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले आगामी सरकार गठन तथा संविधान कार्यान्वयनका लागि सहमतिमा जोड दिंदै अन्य दलहरुसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा दलका नेता पुष्प कमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका विषयमा सांसदहरुलाई जानकारी गराएका थिए ।












