४ साउन, काठमाडौं । मेडिकल माफियाको विरोधमा अनशनरत डा. गोविन्द केसीविरुद्ध लागेका नीजि मेडिकल कलेजहरुले तीन दिन पर्खेर मात्रै आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । काठमाण्डौंमा मंगलबार पत्रकार सम्मेलन गरि निजी कलेज संघले नेपालको चिकित्सा क्षेत्रमा देखिएको अन्तरद्वन्द्व अन्त्य गर्न माग गरेको हो ।
समस्या समाधानका लागि संघ उग्र नबन्ने भन्दै संघका पदाधिकारीहरुले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका अध्यक्ष डा. भोला रिजालले व्यक्ति उठाएर उग्र आन्दोलन गर्ने र जनताले स्वास्थ्य शिक्षा पाउनु हुँदैन भन्नेमा आफूहरु आजका दिनसम्म नरहेको दावी गरे ।
आफूहरुका माग नसुने तीन दिनपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी रिजालले दिए । अनशनरत डा. केसीले निजी कलेजलाई मारमा पार्ने माग गरेको जिकिर समेत उनले गरे ।












