२९ असार, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मालाई पदबाट हटाउन कांग्रेस र माओवादी केन्द्रको अविश्वासको पक्षमा मदतान गर्ने निर्णय गरेको छ । बुधबार बसेको संघीय गठबन्धनको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय हो । ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गठबन्धनमा सहभागी दलहरुले गरेको जानकारी तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवले नेपालदेशडटकमलाई जानकारी दिए।
गठबन्धनको यो निर्णयले कांग्रेस र माओवादीको पक्षमा सहज बहुमत पुग्ने भएको छ । ओलीको विपक्षमा व्यवस्थापिका संसदमा रहेका गठबन्धनका ४४ सभासद्ले मतदान गर्ने छन्।ु
ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि उनको विपक्षमा मतदान गर्ने निर्णय भए पनि नयाँ बन्ने सरकारमा भने आफूहरु सहभागी नुहने जानकारी गठबन्धनका संयोजक उपेन्द्र यादवले दिए ।
वुधबार दिउँसो नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।












