२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्रीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेसका १८३, माओवादीका ७० र नेकपा संयुक्तका ३ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता भएको कांग्रेस नेता रामकृष्ण यादवले जानकारी दिए । अविश्वास प्रस्तावको तयारी कांग्रेसका रमेश लेखक र माओवादीका रामनारायण बिडारीले गराएका हुन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिएपछि भावी सत्तासाझेदार दलले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।












