२८ असार, काठमाडौं । आफ्नो दलका अध्यक्ष केपी ओलीले सरकार र पार्टीमा एकलौटी गरेका कारण तीव्र असन्तुष्ट बनेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि वर्तमान सरकार संकटमा पर्दा खुशी देखिएका छन् । चीन भ्रमणबाट आजै नेपाल फर्किका खनालले सरकार ढलेकोमा खुशी व्यक्त गरेका हुन् ।
ओली नेतृत्वको सरकार ढल्न लागेको बारे संचारकर्मीले सोधेको प्रतिक्रियामा खुशीयुक्त बडी ल्याङ्ग्वेज प्रस्तुत गर्दै खनालले भने ओली सरकार ढल्नु स्वभाविक हो ।
संसदीय व्यवस्थामा जसले वहुमत जुटाउँछ उसैले सरकार बनाउने भन्दै वहुमत जुटाउने दलले सरकार बनाउनु सामान्य ज्ञानको विषय भएको मध्यममार्गी प्रतिक्रिया दिए । वर्तमान सरकार ढल्न लागेको वेला ओली निकट नेताहरु तीव्र आक्रोशित भएका वेला खनालले सरकार ढल्नु स्वभाविक प्रक्रिया भएको भन्दै अप्रत्यक्ष रुपले खुशी व्यक्त गरेका हुन् ।
आर्य मूलका व्राह्मण खनाल इनर मंगोलियन विश्वविद्यालयको निम्तामा एक साता पहिले चीन गएका थिए ।












