२८ असार, काठमाडौं । माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेपनि एमालेभित्र ओली खेमा आलोचनामा उत्रिएको छ । माओवादीले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली स्तब्ध भएको उनी निकट सहयोगीले जानकारी दिएका छन् । नेकपा एमालेले निकट नेता प्रदीप ज्ञवालीले माओवादी निर्णयले आफूहरुलाई आश्चर्यमा पारेको बताए ।
सत्ता साझेदार माओवादी एजेण्डालाई प्रधानमन्त्री ओलीले बेवास्ता गरेपछि माओवादीले सरकार छाडेको हो । कांग्रेससँग सत्ता साझेदारी गर्ने निश्चित नभए पनि ओलीको एकलौटीका कारण माओवादीले सत्ता छाड्नु परेको माओवादी नेता गोपाल किराँतीले बताए ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले अस्वीकार गरिरहेका वेलामा पनि माओवादीले ओली सरकार छाड्नु गम्भीर विषय भएको छ । माओवादीलाई प्रयोग गर्दै ओलीले आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति र लाभ दिलाएपछि माओवादी चिढिएको थियो । अर्कोतर्फ प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओलीले गरेको प्रतिबद्धता समेत पूरा नगरेका कारण माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको माओवादी स्रोतले जनाएको छ ।












