२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी माओवादीले एमालेलाई दिएको छ ।
वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे ।
प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई नेता जनाद्र्धन शर्माले बुझाएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा सार्वजनिक गर्न माओवादीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।












