२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारको नेतृत्वका लागि माओवादी केन्द्र पछि नहट्ने बताएकी छिन् । प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको उद्घाटन गर्दै उनले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी हुन्।

जसको नेतृत्वमा सहमति हुन्छ उसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादी पछि नहट्ने उनले बताइन्। ुसंविधान कार्यान्वयन, जनताका भावनाको सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम
पूरा गर्न सहमतिको विकल्प छैन’,उनले भनिन् – ‘सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ।’
दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि एमालेको नेतृत्वमा माओवादी लगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँदै प्रवक्ता भुसालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार राखिन्।











