२४ असार, बारा । बाराको अमलेखगन्जमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाराको अमलेगन्जस्थित नेपाल आयल निगमको डिपो नैजिकैको जंगलमा देखिएको हात्तीको फोटो खिच्न निस्किएका हेटौंडा ५ सानो पोखरा निवासी भानुभक्त कार्कीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।
अमलेखगन्जको नेपाल आयल निगम नजिकै पार्किङ गरेर राखेको ट्यांकरका चालक कार्कीले जंगली हात्ती देखेपछि त्यसको फोटो खिच्न ट्यांकरबाट ओर्लेर जंगलतर्फ छिरेका थिए ।
जंगलमा ५० मिटर भित्र छिरेका उनलाई हात्तीले आक्रमणगरी ढुंगामा बजारेको थियो । कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।














