१९ पुस, काठमाडौं । संघीय संसदका रुपमा रहने प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभाकक्षा बनाइने भएको छ । यसका लागि संसद प्रतिनिधिसभाका लागि विगतमा संविधानसभा हलका रुपमा प्रयोग गर्दै आएको ठूलो हल तथा राष्ट्रियसभाका लागि सम्मेलन केन्द्रमै रहेको नुप्से हलको व्यवस्थापन गर्न लागेको हो । मुख्य सभाहलको पूर्वतर्फको नुप्से हलको आवश्यक मर्मत सुधार कार्य संसद सचिवालयले गरिरहेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा भवनको व्यवस्थापन, मर्मत सुधार तथा कुर्ची एवम् कार्पेट तथा माइकलगायतको व्यवस्थापनका लागि करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
संघीय संसद्प्रका रुपमा रहने प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनका लागि मात्रै वार्षिक १ अर्ब ७० करोड खर्च लाग्ने प्रारम्भिक आँकडा पनि संसद सचिवालयले निकालेको छ ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभा ५९ सदस्य हुने सवैधानिक व्यवस्था रहेको छ ।












