१४ पुस, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन माघ १७ गतेदेखि १९ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनको तयारी तथा व्यवस्थापनका लागि महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति समेत गठन गरिएको छ । काठमाडौंमा २ दिनसम्म बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन आयोजनाबारे निर्णय गरेको हो ।
महाधिवेशनको व्यवस्थापन तथा एजेण्डाका लागि मूल समितिले विभिन्न उपसमिति गठन गर्ने जानकारी अध्यक्ष खनालले दिएका छ्न् ।देशभरको सडकको दुराअवस्थाका कारण सार्वजनिक यातायात संचालनमा भएको कठिनाइ तथा प्रगतिको समीक्षा महाधिवेशनले गर्ने गरी तयारी थालिने जानकारी खनालले दिए । सार्वजनिक यातायातलाई सहज बनाउन सरकार र व्यवसायीयले अपनाउनुपर्ने एजेण्डाका बारेमा महाधिवेशनले निक्र्यौले गर्ने समेत उनले बताए । देश संघीयतामा गैसकेकोले महासंघलाई संघीय ढाँचामा लैजानका लागि केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने निर्णय गरिएको जानकारी खनालले दिए ।
महाधिवेशन तयारीका लागि महासंघको राष्ट्रिय परिषद्को भेलाका बोलाइएको छ । आजबाट काठमाडौंमा सुरु हुने भेलाका लागि लागि देशभरका संघसंस्था तथा प्रालिका अध्यक्ष सहितका पदाधिकारीको सहभागिता रहने छ ।