७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो दलबाट समानुपातिकतर्फ सांसद बन्ने व्यक्तिको चयन गरेको छ । पार्टीले प्राप्त गरेको समानुपातिक मतका आधारमा आफ्नो भागमा पर्ने १७ सांसदमा कसकसलाई पठाउने भन्ने निर्णय गरेको हो । माओवादीबाट प्रत्यक्षतर्फ ३६ जनाले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको भए पनि महिला ३ जना मात्रै रहेकोले समानुपातिकतर्फ माओवादीले १५ जना महिला सांसद बनाउने निर्णय गरेको छ । समानूपातिकतर्फको सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी माओवादीले गरेको छ ।
प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने छन् । माओवादीको समानुपातिक कोटामा १५ महिला २ पुरुष सांसद बन्ने भएका छन् । २ जना पुरुषमध्ये खस आर्यबाट हितराज पाण्डे र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह सांसद बनाउने निर्णय माओवादीले गरेको छ ।
निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार माओवादीले निम्न व्यक्तिलाई सांसद बनाउने भएको हो :
खस आर्य महिला
१.रेखा शर्मा
२.पूर्णाकुमारी सुवेदी
३.धर्मशिला चापागाई
४.सत्य पहाडी
५.सिता पोखरेल
आदीवासी जनजाति महिला
१.जयपुरी घर्ती
२.शशी श्रेष्ठ
३.ओनसरी घर्तीमगर
४.यशोदा गुरुङ्ग सुवेदी
५.अमृता थापा
मधेसी महिला
१.ईन्दु शर्मा
२.बोधमाया यादव
दलित महिला
१.अञ्जना विसंखे
२.दुर्गा विक
थारु महिला
१. रामकुमारी चौधरी
पिछडिएको क्षेत्र
प्रेमबहादुर सिंह
खस आर्य पुरुष
हितराज पाण्डे












