५ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धि अध्यादेशका विषयमा राष्ट्रपति विद्या भण्डारीले एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी छन् । यसअघि ओली र दाहालसँग छुट्छुट्टै परामर्श गरेकी भण्डारीले वुधबार दुवै नेतासँग संयुक्त छलफल गरेकी हुन् ।
सरकार निर्माण, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश, प्रदेश प्रमुख नियुक्तिलगायत विषयबारे छलफल गर्न ओली र दाहाल शितलनिवास पुगेका हुन्।
राष्ट्रियसभाको निर्वाचन गर्ने वातावरण बनाउने विषयमा यसअघि माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका थिए । उनीहरुको भेटका क्रममा दाहाललाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेको र कांग्रेसले समर्थन गरेको भन्ने समाचारहरु प्रकाशित भएका थिए ।
सरकारले राष्ट्रपतिसमक्ष प्रमाणिकरणको लागि पठाएको अध्यादेशप्रति एमाले र माओवादीको असमति रहेका कारण राष्ट्रपति भण्डारीले यस विषयमा थप परामर्श गरेकी हुन् ।












