३ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित तराईका अधिकांश भागमा एक्कासी जाडो बढेको छ । पश्चिम तराईमा शितलहर चलेको केही दिनपपछि राजधानी काठमाडौंमा पनि सोमबार विहान बाक्लो हुस्सु लाग्नुका साथै
एक्कासी जाडो बढेको छ ।
काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण ‘भिजिबिलिटी’ ५० मिटरमात्र रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी पूर्वी, मध्य तथा पश्चिम तराईमा पनि बाक्लो हुस्सु लागेको छ । पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने पनि महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जनाकारी दिए ।
तराई क्षेत्रमा केही दिनदेखि हुस्सुका कारण जनजीवन प्रभावित हुँदै आएको छ । हुस्सुका कारण आलु, टमाटरजस्ता तरकारी बालीमा नोक्सान भइरहेको कृषकको गुनासो छ ।
शितलहर र चिसोका कारण तराईमा एक जनाको मृत्यु भैसकेको छ ।












