२ पुस, तनुहुँ । सरकारमा नुपुग्दै दुई कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रले अधिनायकवाद र सर्वसत्तावादको देखाएको विश्लेषण कांग्रेसले गरेको छ ।
तनहुँमा कांग्रेसले आयोजना गरेको कार्यक्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामगठबन्धनमा सामेल दलले सरकार बनाउनुपूर्व नै सर्वसत्तावादको उदाहरण देखाइसकेको आरोप लगाएका हुन् ।
मतदातालाई धन्यवाद दिन गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले मतदातालाई धन्यवाद दिनुभन्दा विजयी दुई दल एमाले र माओवादीको आलोचनामा समय विताए । सरकारले नियुक्त गरेका प्रदेशसभा प्रमुखसँग वामगठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार व्यक्त गरे। सर्वसत्तावादकै रुपमा राष्ट्रपतिलाई उक्साएको भन्दै पौडेलले भने- “दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।”
चुनावमा आफू पराजित भए पनि तनहुँको विकासमा आफू सधैं लागिरहने पौडेलको आश्वासन थियो ।












