२ पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमार्फत जनताको मन जितेका वामगठबन्धनका प्रमुख घटक एमाले र माओवादी केन्द्रले अन्तर्राष्ट्रिय निकाय र दातृ राष्ट र छिमेकी मुलुक«सँग सहयोगको अपील गरेका छन् । कम्युनिस्ट गठबन्धनको सरकारलाई अन्तर्राष्ट्रिय सहयोग नहुने भनी कांग्रेसले गरेको प्रचारका विरुद्धमा दुई दलले गरेको संयुक्त पत्रकार सम्मेलन केन्द्रित थियो ।
पत्रकार सम्मेलनमा दुई दलले नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्रनीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र र विशेषत छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध राख्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा वर्तमान सरकारले जनमतको अवमूल्यन नगरी नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा दुवै दलका अध्यक्षले जोड दिए । कार्यक्रममा निर्वाचन जितका शीर्ष नेता सहित पराजित नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समेत दुई पार्टी अध्यक्षको दायाँबायाँ बसेका थिए । हेर्नुहोस् फोटोफिचर :


















