२ पुस, काठमाडौं । प्रदेश नं २ मा ठूलो शक्ति बनेका मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मात्रै मिलेर प्रदेश सरकार बनाउन नसक्ने भएका छन् । प्रत्यक्षतर्फ र समानपातिकतर्फको मतगणनाको अन्तिम परिणामबाट प्राप्त नतिजाअनुसार प्रदेश सरकार बनाउन मधेसकेन्द्रित दलको मात्रै सिट सङ्ख्या नपुग्ने भएको हो । २ नं प्रदेशमा सरकार गठनका लागि प्रदेशसभा सदस्यको सङ्ख्या ५४ आवश्यक पर्ने भए पनि त्यो सङ्ख्या दुई दलको नपुग्ने भएको हो । दुई दलको सिट सङ्ख्या ५३ मात्र पुगेको छ ।
दुई दलको यो परिणामले यसप्रदेशबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका एक सदस्य मालामाल हुने भएका छन् । प्रदेश नं २ मा एक स्वतन्त्र उम्मेदवार प्रदेशसभामा विजयी भएका छन् । मधेसी दलको मात्रै सरकार बनाउनका लागि उनको एक मतको मूल्य निकै ठूलो हुने देखिएको छ । उनलाई मन्त्री पद दिएर पनि मधेसी दलले सरकार बनाउने सम्भावना देखिएको छ ।
चार्टमा हेर्नुहोस् केकस्तो समिकरणबाट बन्न सक्छ प्रदेश नं २ को सरकार :
चार्ट सौजन्य नयाँ पत्रिकाबाट













