१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उनीहरुबीच छलफल भएको हो ।
राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफल गर्र्ने क्रममा आज प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भण्डारी र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रम, सरकार गठन तथा राष्ट्रिय सभासम्बन्धि अध्यादेशबारे कुराकानी भएको थियो ।
प्रचण्डले आज विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी अध्यादेशलगायतका विषयमा छलफल गरेका थिए ।












