२८ मंसिर, भक्तपुर । भक्तपुर जिल्ला मालपोत कार्यालयका एक कर्मचारीले घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको छ । रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेले एक लाख रुपैयाँ घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।












