२८ मङ्सिर, पोखरा । २८ मंसिर– पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरु यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे।
मुख्यमन्त्रीको आवास बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सरकारलाई प्रस्ताव गरेको हो । राजसंस्थाको अन्त्यपछि रत्न मन्दिरलाई संग्रहालय बनाउन स्थानीयले प्रस्ताव गरे पनि अहिलेसम्म कुनै प्रयोजनमा आएको छैन ।
अर्को दरबार हिमागृह पनि बिनाप्रयोजन रहेको हुँदा त्यसलाई मुख्यमन्त्रीको आवास बनाउन प्रशासनले सरकारलाई प्रस्ताव गरेको हो । दुवै दरबार अहिले नेपाल ट्रस्ट मातहतमा रहेकाछन् ।
प्रदेशसभा र सचिवालयका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्रको कार्यालयलाई सिफारिस गरिएको छ । मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय सीप विकास तालिम केन्द्र प्रस्ताव गरिएको छ । अन्नपूर्णपोस्टमा खबर छ ।












