२७ मंसिर, झापा । नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक वुधबार झापामा पक्राउ परेका छन् । ९६ हजार नक्कली भारतीय रुपैयाँसहित मोहम्मद अरजउल करिम मियाँ पक्राउ परेका हुन् ।
पक्राउ परेका मियाँ भारतको पश्चिम बंगाल आलमगन्ज तालगाछी हरिसचन्द्रपुर, माल्दा निवासी रहेको नेपाल प्रहरीले जनाएको छ । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट दुई हजार दरका ४८ थान भारतीय रुपैयाँका नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।