२७ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार पद्मा अर्याल विजयी भएकी छन् । सरकारका उपप्रधानमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठलाई ३७०५ मतको अन्तरले हराउँदै अर्याल विजयी भएकी हुन् ।
एमाले उम्मेदवार अर्यालले ३५१४२ मत प्राप्त गरिन् भने श्रेष्ठले ३१४३७ मत प्राप्त गरेका छन् । अर्यालको जितसँगै स्याङ्जाबाट प्रतिनिधि सभाका दुवै सदस्य एमालेबाट नै विजयी भएका छन् । क्षेत्र नं १ बाट नारायण मरासिन विजयी भएका छन् ।












