२६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभातर्फको समानुपातिकमा एमालेले १६ लाखभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभातर्फ एमाले १६०५८८१ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५१४२९१मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र ६३६८९३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले १६१०६२ मत पाएको छ ।
अन्य दलहरुको मतपरिणाम चार्टमा हेर्नुहोस् :













