२६ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ३ बाट कांग्रेस उम्मेदवार विजय गच्छदारले जित्ने सम्भावना बढ्दै गएको छ । एमालेकी भगवती चौधरीसँगको मतान्तर घटाएर ४४ पुगेका कारण गच्छदारले जित्ने सम्भाना बढेको हो ।
पछिल्लो मतगणनाअनुसार चौधरीको ३२५७० मत छ भने गच्छदारको ३२५२६ मत रहेको छ । मतगणनामा विवाद भएर गणना स्थगित हुँदा चौधरीले गच्छदारलाई मतको १५३ मतले पछाडि पारेकी थिइन् । आज विहानबाट गणना सुरु भएपछि चौधरीसँगको मतान्तरलाई गच्छदारले घटाइरहेका छन् ।














