२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंह विजयी भएका छन्। निकटतम प्रतिश्पर्धी राजापा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् । सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १ सय ३६ मत पाए।
अमरेशको जितपछि प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ कांग्रेसको सिट २२ पुगेको छ ।












