२६ मंसिर, स्याङ्जा । प्रतिनिधि सभा सदस्यमा स्याङ्जा क्षेत्र नं १ बाट एमाले उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । कांग्रेस उम्मेदवार राजु थापालाई १०७०२ मतान्तरले मरासिनी विजयी भएका हुन् ।
मरासिनीले ३९४३३ मत प्राप्त गरेका छन् भने पराजित थापाको २८७३१ आएको छ ।
त्यस्तै क्षेत्र नं २ मा एमालेकी पद्माकुमारी अर्यालले कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठभन्दा ३३५९ मतले अगाडि छन् । अर्यालले २६२०४ मत प्राप्त गरेकी छिन् भने श्रेष्ठले २२८४५ मत ल्याएका छन् । क्षेत्र नं २ को मतगणना जारी छ ।












