२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं ४ मा पुनः सुरु भएको मतगणनासँगै कांग्रेसका अमरेशकुमार सिंहले अग्रता लिएका छन् । अमरेशले पछिल्लो समयमा आफ्ना प्रतिश्पर्धी राजपाका राकेश मिश्रलाई करिब १२ सय मतान्तरले पछि पारेका छन् । यो अवस्थाले कांग्रेसको अर्को एक सिट थपिने सम्भावना बढेको छ ।
पछिल्लो अवस्थामा अमरेशको २३ हजार ४० मत छ भने राकेशको २१ हजार ८ सय ५५ मत छ। यसअघिको मत परिणाममा मिश्रले अमरेशकुमार सिंहलाई पछि पार्दै आएका थिए। यस क्षेत्रको एक मतदान केन्द्रका चार मतपेटिकामा सिल नभएको भन्दै मगणना स्थगित भएको थियो ।














