२६ मंसिर, स्याङ्जा । स्याङ्जाका प्रतिनिधि सभा सदस्यतर्फ दुवै निर्वाचन क्षेत्रमा मंगलबार विहानसम्म पनि एमाले उम्मेदवारकै अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा नारायण मरासिनीले २१००४ मत ल्याएका छन् भने उनका निटतम प्रतिद्वन्दी कांग्रेसका राजु थापाले १६३५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं २ मा एमाले उम्मेदवार पद्मा अर्याल कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठले भन्दा करिब ३ हजार मतान्तरले अगाडि छन् । मंगलबार विहानसम्म अर्यालको मत १७२५६ छ भने श्रेष्ठको मत १४२९९ रहेको छ ।












